Section 59B
बचत रकम फिर्ता गर्नु पर्ने
(१) कुनै व्यक्तिले अनिवार्य बचतको रकम फिर्ता लिन चाहेमा यो दफा प्रारम्भ भएको मितिले एक वर्षभित्र, सोको प्रमाण सहित कार्यालयमा निवेदन दिनु पर्नेछ।

(२) उपदफा (१) बमोजिम निवेदन पर्न आएमा कार्यालयले आवश्यक जाँचबुझ गरी प्रचलित कानुन बमोजिम नेपाल सरकारबाट निकासा लिई निवेदकलाई बचत रकम फिर्ता गर्नु पर्नेछ ।

(३) उपदफा (१) बमोजिमको म्यादभित्र निवेदन पर्न नआएमा यस ऐन बमोजिम अनिवार्य बचतको: रुपमा जम्मा भएको रकम कार्यालयले राजस्व खातामा दाखिल गर्नु पर्नेछ ।